६ भदौ २०८३, शनिबार | August 22, 2026

स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनको तालमेल



काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तामलेल गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गर्ने सहमति भएको छ ।

अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले मध्यपश्चिम विश्वविद्यालय हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच ११ ठूला आङ्गिक क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुले पाँच क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले चार र अनेरास्ववियुले दुई क्याम्पसमा स्ववियु सभापतिमा समर्थन गर्ने गरी तालमेल भएको छ ।

अनेरास्ववियुले सभापतिमा नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र भेरी शिक्षा क्याम्पस सुर्खेत पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले केन्द्रीय क्याम्पस, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम र जलजला बहुमुखी क्याम्पस रोल्पा पाउनेछन् । साथै, अनेरास्ववियुले रारा बहुमुखी क्याम्पस मुगु र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ३८ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी