२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको बहस सकियो



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमाथिको प्रारम्भिक बहस सकिएको छ ।

माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए ।

सोही रिटमाथि शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइ सकिएको हाे ।

१ माघ २०७६ मा टुंडिखेलमा माघी पर्वमा अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए ।

उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वकार्दै साबिती बयान दिएको भन्दै ज्ञानेन्द्रराज आरणसहित र चिरन्जीविवास गिरीसमेतले गत मंगलबार छुट्टाछुट्टै रिट दायर गर्दै तत्काल  प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ०१ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न