२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

मनाङ मर्स्याङ्दीले चुम्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधी



तिलोत्तमा । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनल प्रतियोगितामा सुदूरपश्चिम-११ लाईपराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधी हात पारेको हो । मनाङ मर्स्याङ्दीले पहिलो पटक तिलोत्तमा गोल्डकप उचाल्न सफल भयो ।

यो जितसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम-११ ले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

निर्धारित समयको खेलमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । मनाङले सुदूरपश्चिम-११ लाई सडन डेथमा ४-३ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुवैतर्फबाट समान १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा खेल ढकेलिएको थियो । उक्त समयमा पनि बराबर गोल भएपछि सडन डेथमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा मनाङका ४ खेलाडीले गोल गरे पनि जर्सी नम्बर २३ का अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो ।

यसैगरी सुदूरपश्चिम ११ का ४ खेलाडीले गोल गर्दा जर्सी नम्बर ११ का फागुराम थारुको प्रहारलाई मनाङका गोल रक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए । पेनाल्टी सुटआउटमा समान ४-४ गोल भएपछि सडन डेथबाट विजेताको टुङ्गो लगाइएको थियो । सडन डेथमा मनाङले ४-३ गोल अन्तरले जित दर्ता गर्यो । सडन डेथमा जर्सी नम्बर १२ का दिपेन्द्र मलासीको प्रहार गोलपोष्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो ।

यसअघि निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मैदानमा प्रवेश गरेको केही मिनेटमै उत्कृष्ट खेल प्रदर्शन गरेका जर्सी नम्बर ८ का सैदजमोल डेवलश्नलको क्रसमा कोफीले गोल गरेका हुन् ।

एक गोलले पछि परेपछि दबाबमा रहेको सुदूरपश्चिम-११ ले आफूलाई उत्कृष्ट लयमा फर्काउँदै ७१ औं मिनेटमा गोल बराबरीमा ल्याएको थियो । जर्सी नम्बर ११ का फागुराम थारुले गोल गरेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम ११ का फागुराम थारु सर्वोत्कृष्ट खेलाडी बन्दै होन्डाको डियो स्कुटर प्राप्त गर्न सफल भए । उनले प्रतियोगितामा सर्वाधिक ४ गोल गर्न सफल भएका थिए । यसैगरी विधागत तर्फ वेष्ट फर्वाडरको उपाधी समेत उनैले चुमे ।

उक्त उपाधीसँगै उनले नगद ३० हजार प्राप्त गरे । यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोलरक्षक, विसन गुरुङ उत्कृष्ट मिडफिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही ३० हजार नगद पुरस्कार हात पारे ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ७ : ५२ बजे

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ

करको दर हेरफेर ‘राजद्रोह सरह’ हो : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आर्थिक विधेयकमा करका