२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

थ्री स्टारलाई हराउँदै सुदुरपश्चिम-११ २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा



बुटवल । शनिबारदेखि बुटवलमा सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको फाइनलमा सुदूरपश्चिम-११ प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सुदूरपश्चिम-११ ले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफना सिट सुरक्षित गरेको हो ।

गोलरहित बराबरीमा निकै प्रतिष्प्रर्धात्मक खेलको दोस्रो हाफको ४० औं मिनेटमा सुदूरपश्चिम-११ लागि फागुराम थारुले गोल गर्न सफल भएका हुन । यो संगै सुदूरपश्चिम-११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै सुदूरपश्चिम ११ का बिष्णु चौधरीले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत विहिबार सेमिफाईनलको दोस्रो खेल फ्रेण्डर्स क्लव र मनाङ मस्र्याङदीका बीच दिउंसो साढे ३ बजे हुनेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ०२ बजे

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ

करको दर हेरफेर ‘राजद्रोह सरह’ हो : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आर्थिक विधेयकमा करका