२९ भदौ २०८३, सोमबार | September 14, 2026

व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ : मुख्यमन्त्री अधिकारी



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पु-याउने बताएका छन् । पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले ब्यवसायीहरु सफल भएमात्र समृद्ध नेपाल बन्न सक्ने बताए ।

उनले सामुहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सृजना गर्ने दाबी गरे । ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्, मुख्यमन्त्री अधिकारीले भने, ‘सामुहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’

यस्तै कार्यक्रममा पर्यटनकर्मी गणेश भट्टराईले राजनैनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए । ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्, भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’

उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैमा चुनौती पूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए । मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए ।

‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट सुरु गरेको १ सय मिसनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्लादेखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’

उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ । करिब १० करोडको लगानीमा पौवा प्रालीले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो ।

पौवाले आजदेखि तीन दिनसम्म होटलमा स्वाद उत्सव पनि मनाउने कार्यक्रम राखेको छ । स्वाद उत्सवकै क्रममा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकलसाँझ समेत आयोजना गरिएको होटल व्यवस्थापनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : २२ बजे

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार