९ भदौ २०८३, मंगलबार | August 25, 2026

मुख्यमन्त्री गिरीद्वारा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण


२२ चैत्र २०७९, बुधबार  

1.2k
Shares

खजुरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् ।

विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ । मुख्यमन्त्री गिरीसँग स्थानीयवासीले आफूहरुलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिएका थिए । सो अवसरमा उनले प्रदेशको गौरवको योजनाको रुपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डब्बर विकले विश्वविद्यालयको निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने जानकारी दिए।

विश्वविद्यालयको‘ सिनेट’ बैठक आज नै नेपालगञ्जमा हुँदैछ । सो बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सेवा आयोगका सदस्य नियुक्ति र थप बजेट माग गर्ने निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ०७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि