८ पुस २०८२, मंगलबार | December 24, 2025

मुख्यमन्त्री गिरीद्वारा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण


२२ चैत्र २०७९, बुधबार  

1.2k
Shares

खजुरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् ।

विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ । मुख्यमन्त्री गिरीसँग स्थानीयवासीले आफूहरुलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिएका थिए । सो अवसरमा उनले प्रदेशको गौरवको योजनाको रुपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डब्बर विकले विश्वविद्यालयको निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने जानकारी दिए।

विश्वविद्यालयको‘ सिनेट’ बैठक आज नै नेपालगञ्जमा हुँदैछ । सो बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सेवा आयोगका सदस्य नियुक्ति र थप बजेट माग गर्ने निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ०७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना