२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत



काठमाडौं । प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गरेको राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

मन्त्री किरातीले प्रस्तावमाथि उठेका जिज्ञासाका सम्बन्धमा अभिलेख संरक्षणसम्बन्धी व्यवस्था प्रविधिमैत्री बनाउन कानुन संशोधनको आवश्यकता परेको बताए । उक्त प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरू सुमना श्रेष्ठ, हितराज पाण्डे, मेटमणि चौधरी, रामकृष्ण यादव, महेशकुमार वर्तौला, नागिना यादव, सोविता गौतमलगायतले भाग लिएका थिए ।

उनीहरूले संसारको सबैभन्दा मूल्यमान वस्तु अभिलेख भएकाले अभिलेख व्यवस्थित र सुरक्षित तथ्याङ्क राख्ने उद्देश्य रहेको विधेयकलाई समृद्ध तुल्याउन सबै पक्ष र पाटोबाट सहयोग हुन आवश्यक बताएका थिए ।

यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : ५३ बजे

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर)

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६