१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मुकुन्द न्यौपानेद्वारा एकीकृत समाजवादी परित्याग, भन्छन् – ‘पार्टी पिँध नभएको बाल्टी जस्तै’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रहेका मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले एकीकृत समाजवादीबाट औपचारिक रुपमा बाहिरिएको घोषणा गरेका हुन् । न्यौपानेले पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गरे । उनले केही दिन अघि नै पार्टीमा राजीनामा दिइसकेका थिए । उनको राजीनामालाई सचिवालय बैठकले स्वीकृत गरिसकेको थियो ।

पार्टी छोड्दै गर्दै न्यौपानेले एकीकृत समाजवादीलाई पिँध विनाको बाल्टी जस्तै भएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलगअलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुई चार शब्दहरू अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको आफूलाई पिँध नभएको बाल्टीमा परिणत गर्नु हो । जति पटक इनारमा डुबाएर ताने पनि माथि आउँदा रितै हुन्छ । आज नेकपा एकीकृत समाजवादीका नेतृत्व पङ्क्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ । सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरे पनि नभरिने ।’

न्यौपानेले आफूले जिम्मेवारी लिएदेखि नै नेतृत्व सत्ता गठबन्धनको सिमसार दलदलमा फसेको टिप्पणी गरेका छन् । उनले थप भनेका छन्, ‘राष्ट्र राष्ट्रियताको पक्षमा वकालत गरी एक्काइसौं शताब्दीको समाजवादी वैज्ञानिक कम्युनिष्ट पार्टीको परिकल्पनामा म नेकपा (एकिकृत समाजवादी) पार्टीमा जिम्मेवारी लिएँ सो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र प्रक्रिया विपरित दलमा नेताहरू फसे र पार्टीका बैठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनितिको चंगुलमा पार्टी नेतृत्व फस्यो,’ न्यौपानेले राजीनामा घोषणा गर्दै भनेका छन्।

 

आदरणीय पत्रकार मित्रहरु
हार्दिक अविवादन ।
म मुकुन्द न्यौपाने भोजपुर जिल्ला गोगनेमा मिति २००७ साल जेष्ठ २२ गते बाबु लिलानाथ न्यौपाने र माता विष्णुमाया न्यौपानेबाट जन्म भएको थियो।

नेपालमा २०२६ सालमा सुस्ता महेशपुर, कालापानी लगायत नेपालको भुभागमा भारतिय बम अतिक्रमण विरुद्ध राष्ट्रियताको आवाज उठाउदै मेरो सक्रिय राजनिति सुरु भएको हो। जुन समयमा राष्ट्र र राष्ट्रियता केवल कम्युनिष्टले मात्र गर्न सक्छ भन्ने विश्वासका साथ २०२८ सालदेखि गरिब, निमुखा, सामाजिक तथा सांस्कृतिक अत्याचारको विरुद्धमा पञ्चायती सत्ता परिवर्तन गर्न म भुमिगत भएर २०३२ साल जेष्ठ २८ गते सीपी मैनालिको अध्यक्षयतामा कोअर्डिनेशन केन्द्र निर्माण गरि सदस्यहरू माधव कुमार नेपाल, झलनाथ खनाल, अमृत बोहरा, मुकुन्द न्यौपाने, मणिलाल राई, गोविन्द न्यौपाने आदि लगायत ८ जना बाट पार्टि निर्माण गरियो र म केन्द्रीय कमिटिको तर्फबाट नारायणी इन्चार्ज भई पार्टी निर्माणमा भूमिगत रहि अगाडि बढीरहे।

२०३४ सालमा पुष्पलाल श्रेष्ठको मुक्तीमोर्चा समुहको नेतृत्व गरेर मौदानाथ प्रश्रीत, मदन भण्डारी र जिवराज आश्रीत सहितको ठुलो समुह कोर्डिनेशन केन्द्रमा सामेल भई २०३५ साल पुष ११ गते नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी–लेनिनवादी) गठन भयो। सो पार्टीको कन्द्रीय सदस्यको जिम्मेवारीका साथ पार्टी निर्माणमा सक्रियताका साथ राजनितिक यात्रा अगाडि बढिरहयो।

२०४७ सालमा मदन भण्डारीले नेतृत्व गरेको नेकपा (माले) र मनमोहन अधिकारीने नेतृत्व गरेको नेकपा (माक्सवादी)मिलेर नेकपा (एमाले) निर्माण भयो। सो समय देखि पार्टी सङ्गठन र संसदिय राजनितिमा २०४८ साल तत्कालिन बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य विजयी हुदै २०५४ मा श्रम मन्त्रीको जिम्मेवारी प्राप्त गर्दै नेकपा (एमाले) पार्टीको स्थाई कमिटिको भूमिका निर्वाह गर्दै २०७४ सालमा नेकपा निर्माण हुदासमेत म सक्रीयताका साथ लाग्दै आएको अवगतै छ।

त्यसपछि नेपालको राजनिति उतारचढाव बाट पार्टि विभाजन भई म नेकपा (एकीकृत समाजवादी)को नेता हुँदै विभिन्न जिम्मेवारीका साथ कार्यरत थिए।

नेकपा (एकीकृत समाजवादी) निर्माण गर्दा नेपाली कम्युष्टि आन्दोलनको निष्ठा र वैज्ञानिक कम्न्युष्टि पद्धति, प्रक्रीयाका साथ नेपाली गरिब, निमुखा, झुटा आश्वासन, लोकतान्त्रीक गणतन्त्रको पद्धतीकमा निरासा भएका बेरोजगारी युवा, महिला तथा जेष्ठ नागरीक, विधार्थीहरुको बैकल्पीक कम्यूनिष्ट पार्टिको रुपमा रुपान्तरण हुनेछ भन्ने विश्वास र अठोटका साथ म यो पार्टीमा लागेकी हुँ।

राष्ट्र राष्ट्रीयताको पक्षमा वकालत गरी एक्काइसौ सताब्दीको समाजबादी वैज्ञानिक कम्यूनिष्ट पार्टिको परिकल्पनामा म नेकपा एकिकृत (समाजवादी) पार्टिमा जिम्मेवारी लिएँ सो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र प्रक्रिया विपरित दलमा नेताहरू फसे र पार्टीका बैठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनितिको चंगुलमा पार्टी नेतृत्व फस्यो।

पार्टीको निति र विधि विपरित विद्रोह गरेर बनेको पार्टी भित्र प्रक्रिया र पद्दतिलाई अनुसरण गर्दै व्यवस्थित मर्यादित होला भन्ने ठानेको थिएँ। त्यसैले स्थानिय निर्वाचन देखि प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्म आउदा नेकपा एकिकृत समाजवादीले परिचय दियो तर पहिचान दिएन, सदैव आ(आफ्नो स्वार्थमा निहित भएको आभास मलाइ लाग्यो। विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्दात्मक भौतिकवादी दर्शनको धार बाट अलगथलग भई बस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुइचार शब्दहरु अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउदै हिड्नु भनेको आफ लाई पिंध नभएको बाल्टीमा परिणत गर्नु हो।

जति पटक इनारमा डुबाएर तानेपनि माथि आउँदा रितै हुन्छ। आज नेकपा एकीकत समाजवादीका नेतृत्व पंक्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ। सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरेपनि नभरिने ।

मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखि छलफलको लागि माग गरेको थिए। हाल सम्म कुनै पनि छलफल नभएकोले सो पार्टिमा म जस्तो विगत ५४ वर्षको राजनितिक जिवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टिको सदस्य भएर बस्तु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जिवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टिको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टि जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु। मेरो जिम्मेवारीमा साथ दिने असल कार्यकर्ता तथा संगठनका सदस्यहरुलाई म धन्यवाद दिन चाहन्छु ।

मुकुन्द न्यौपाने २०७९ चैत्र २४ गते

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ३ : २६ बजे

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि