३ आश्विन २०८३, शनिबार | September 19, 2026

अन्ततः युवासंघमा चुनाव हुन दिइएन, क्षितिज थेवे सर्वसम्मत अध्यक्ष चयन



नेपालगन्ज । एमालेनिकट राष्ट्रिय युवा संघको नवौं महाधिवेशनलाई एक दिन लम्ब्याएर एमाले अध्यक्ष केपी ओली पक्षधर क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । २९ गते सम्पन्न गर्ने गरि २७ गतेबाट सुरु भएको महाधिवेशननमा अध्यक्ष ओलीको निर्देशन विपरित अध्यक्षमा सन्तोष रावलबाट उम्मेदवारी परेपछि महाधिवेशनको अवधि लम्ब्याएर भएपनि रावललाई पाखा लगाई थेवेलाई अध्यक्षमा चयन गरिएको हो ।

अध्यक्ष मण्डलबाट निर्वाचन कार्यक्रम प्रकाशित गरि उम्मेदवारी दर्ता भएपछि पनि महाधिवेशनको रातभरीलाई थप गर्दै थेवेलाई अध्यक्ष बनाइएको महाधिवेशनका एक प्रतिनिधिले बताए । थेवेको विपक्षमा उम्मेदवारी नै दर्ता नगराउने प्रयास थियो, तर उम्मेदवारी परेपछि लगातार दवाव दिएर सर्वसम्मत गराइयो । उनले भने ।

महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

महासचिवमा सुमन पुरीलाई चयन गरेको महाधिवेशनले उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापालाई चयन गरेको हो । यसैगरी, सचिवमा विनय शाह, मोबिन आलम, जय गुरुङ, खेम शर्मा, अनिता कन्दङ्वा, बिष्णा चन्द, कुबेर अधिकारी, देवानन्द मेहता र पर्वत भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई र उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन् । अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन हुँदा महाधिवेशनले निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीलाई चयन गरेको छ ।

यद्देपी थेवे विरुद्ध उम्मेदवारी दिउका रावल यस अघि युवासंघका ओली निकटकै युवा नेताकारुपमा चिनिँदै आएका थिए । सर्वसम्मतका सम्बन्धमा प्रतिक्रिया लिन सम्पर्क गर्ने खबरकुराको प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १ : ११ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२