१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अव खजुरामा अन्तराष्ट्रिय मापदण्डको पौडी पोखरी



खजुरा । बाँकेको खजुरा गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी संचालनमा आएको छ । निजि स्तरबाट निर्माण गरिएको पौडी पोखरीको आज एक कार्यक्रमका बीच खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्ल चन्दले संयुक्तरुपमा उदघाटन गरे ।

वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले सो पोखरी सन्चालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष विकले खजुराको पर्यटन प्रवद्र्धनमा पौडि पोखरीको ठुलो भुमिका रहने उल्लेख गरे । उनले पौडी पोखरीले खजुरामा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुनेमा विश्वास पनि व्यक्त गरे । खजुरामा पौडिको खेलाडि उत्पादन गर्न यस पौडि पोखरीको प्रयोग अत्याधिक हुने र यस कार्यमा पालिका सहयोगि भुमिका निभाउने उनले प्रतिबद्धता जनाए ।

गाउँपालिकाकी उपाध्यक्ष मल्लले पौडी पोखरी खजुरामा संचालन भएबाट पौडि खेल्नकै लागी नेपालगन्ज लगाएतका क्षेत्रमा जानपर्ने बाध्यता हटेको बताइन् । उनले खजुराको विकासमा पनि यसले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरिन् ।

उद्यानका संचालक टेक श्रेष्ठले ‘स्वास्थ्य र सुरक्षाकोलागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ पोखरी संचालनमा ल्याइएको जनाए । ‘यो पौडी पोखरी मनोरञ्जन गर्नका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो,’ संचालक श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १२.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब २ करोड बढि रुपैयाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ भने बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराईको पोखरी निर्माण गरिएको छ ।

उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । पौडीका लुम्बिनी प्रदेश प्रशिक्षक चन्दरराम चौधरीले नयाँ व्यक्ति तथा बालबालिकालाई प्रशिक्षण दिनेछन् ।

पौडी पोखरीमा विद्यार्थी तथा बालबालिकाका लागि ३ सय र अन्य व्यक्तिका लागि ३ सय ५० रुपैयाँ शुल्क राखिएको श्रेष्ठले जानकारी दिए । उदघाटनका अवसरमा तिन दिन सम्मका लागि २०० मै सबैले पौडिको मजा लिन पाउने व्यवस्था मिलाइएको संचालक श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ०० बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई