२ पुस २०८२, बुधबार | December 17, 2025

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय



काठमाडौं । नेपाल सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी  ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।

सोमबार र मंगलबार दुई दिन चलेको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो । साथै यो जितसँगै नेपालले अब पाकिस्तान र भारत रहेको समूह ए बाट एसिया कप खेल्ने अवसर पनि प्राप्त गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ।’

बैठकले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको पनि प्रचण्डले जनाएका छन् । रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्ने मन्त्रिपरिषदको निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि प्रधानमन्त्रीले लिएका छन् ।

‘क्रिकेटमार्फत् नेपालको पहिचान र गौरव बढाउने सम्पूर्ण खेलाडीहरूलाई फेरि एकपटक हृदयदेखि बधाइ एवं धन्यवाद व्यक्त गर्दछु।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १८ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व