१० भदौ २०८३, बुधबार | August 26, 2026

निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने



काठमाडौं । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत बैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यत्रःम अनुसार आज बिहिबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।

नेपाल निजामती कर्मचारी संगठनकाक  केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार बैशाख १९ गते  मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाईल एसएमएसमार्फत ध्यानाकर्षण गराईएको थियो भने बैशाख २० गते बुधबार पनि प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई देशैभरीबाट मोवाईल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको छ ।

बैशाख २१ गते बिहीबार भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार आज सिंहदरबार प्रवेशमा कर्मचारीहरु जाने छैनन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : २४ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी