१० भदौ २०८३, बुधबार | August 26, 2026

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान



काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले कर्मचारीहरूलाई कुनै पनि दबाब वा धम्कीबाट विचलित नहुन आग्रह गर्दै ट्रेड युनियनको अभ्यासलाई निरन्तरता दिन आह्वान गरेकी छन् ।

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको अध्यादेशविरुद्ध दायर रिटमा सर्वोच्च अदालत को संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि दाहालले त्यसलाई लोकतान्त्रिक अधिकारको पक्षमा आएको प्रारम्भिक सफलता भएको प्रतिक्रिया दिएकी हुन् ।

वक्तव्य जारी गर्दै उनले कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्रमा अडिग रहँदै जनतालाई अझ प्रभावकारी सेवा दिन आग्रह गरेकी छन् । कार्यालय समयबाहेक सामाजिक तथा सांगठनिक गतिविधिमा सहभागी हुन कसैको डर वा प्रभावमा नपर्न पनि उनले कर्मचारीहरूलाई आग्रह गरिन् ।

दाहालले संगठित शक्ति नै कर्मचारीहरूको मुख्य आधार भएको उल्लेख गर्दै लोकतन्त्र र श्रमिक अधिकारको संरक्षणका लागि एकजुटता आवश्यक रहेको बताएकी छन् । उनले न्यायिक प्रक्रियामा हार–जीत स्वाभाविक भए पनि अधिकारको पक्षमा संघर्ष जारी रहने धारणा राखिन् ।

यसअघि सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारद्वारा अध्यादेशमार्फत गरिएको ट्रेड युनियन खारेजीसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ११ : १५ बजे

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा