२ श्रावण २०८३, शनिबार | July 18, 2026

सिरहामा बढ्दो लागुऔषध तस्करी, १४ केजी गाँजासहित दुई युवक पक्राउ



सिरहा । सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा  वर्षौ‌ंदेखि किसानहरुले  गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो ।

शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिव १४ केजी लागुऔषध गाँजासहित दुई युवक पक्राउ गरेकाे छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार-१  मुक्सारका २६ वर्षीय महेन्द्र साह र वार्ड नम्वर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

विशेष सुचनाको आधारमा गोलबजार-४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२-०१-००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र  प्र. २-०१-००१ ह. १०५६ नम्बरको अटोमा  लुकाइछिपाई राखेको ८ किलो गाजासहित श्याम कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

प्रहरीले विशेष सुराकिको अधारमा केन्द्रिय अनुसन्धान लागुऔषध विशेष ब्युरो र ईलाका प्रहरी कार्यालय गोलबजारका सई विश्व बुदाथोकीको कमान्डमा खटिएको टोलिले गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी पान्डेले बताए ।

केही समययता भारतीय सीमानाका खुकुलाे भएसँगै भारतीय बजारबाट तस्करीका खाद्यान्न लगायतका सामग्री पारी भित्र्याउने र नेपालबाट भारतीय तस्करहरुले गाँजा लगायतका तस्करीका सरसम्मानहरु वारी लाने गरेका स्थानीहरु बताउँछन् । भारतीय बजारमा मदिराको विक्रवितरणमा प्रतिबन्ध लगाएसँगै गाँजाको माग ह्वातै बढेको स्थानीयहरुको भनाई छ । नेपालमा ७ हजार प्रतिकिलो पर्ने गाँजा भारतीय बजारमा १५ देखि २० हजार (भारतीय रुपैया)सम्म विक्रिवितरण हुने भएकोले व्यापक तस्करी भइरहेकाे छ । तराईका जिल्लाहरूमा सम्बन्धित् निकायको निरीहताका कारण गाँजाखेती र तस्करी भने दिनप्रतिदिन फस्टयाइरहेको अवस्था छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : ३३ बजे

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी