५ श्रावण २०८३, मंगलबार | July 21, 2026

टोपबहादुर रायमाझीलाई अहिले नै दोषी भन्न मिल्दैन : केपी ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार भन्न नसकिने बताएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए ।

भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनको भनाइ छ । ओलीले भ्रष्टाचारमाथि निस्पक्ष ढंगले छानविन गर्न छोडेर एमालेको तेजोबोध गर्न लागिएको भन्दै आपत्ति जनाएक । उनले भने, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोवध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर व्यवस्था विरुद्ध नै अभिव्यक्ति आउन थालेको तर्फपनि ओलीले आपत्ति जनाए । उनले भने ‘गणतन्त्रमा भ्रष्टाचार हुन्छ राजतन्त्रात्मक प्रणाली भएको भए हुँदैनथ्यो भन्ने भाष्य बनाउन खोजिएको छ ।’

अध्यक्ष ओलीले विपक्षीहरूको मुख थुन्ने प्रयास भएको आरोप लगाउँदै केही दिन पहिला सांसद अमरेशकुमार सिंहमाथि अख्तियारमा परेको उजुरी एक उदाहरण रहेको बताए ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  १२ : ५१ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले