२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलबाट हराएको मोटरसाईकल मंगलापुरमा भेटियो, चोर सहित पक्राउ



बुटवल । गत बैशाख २० गते बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित फ्युरियल कन्स्ट्रक्सनको अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको मोटरसाईकल प्रहरीले आज फेला पारेको छ ।

बिराज शर्माको नाममा दर्ता रहेको लु ३४ प ३४८८ नम्वरको एनएस पल्सर मोटरसाईकल चोरी गर्ने व्यक्ति सहित प्रहरीले आज फेला पारेको हो । पीडितको हुलिया निवेदन सम्बन्धमा तत्काल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएका प्रहरी टोलिले आज तिलोत्तमा नगरपालिका वडा नं.११ मौवारीबाट मोटरसाईकल र मोटेरसाइकल चोर्ने ब्यक्ति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका घर भई हाल जिल्ला रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ११ डेरा गरी २५ वर्षिय सुशिल थापा रहेका छन् ।

पक्राउ परेका थापालाई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : २६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय