६ श्रावण २०८३, बुधबार | July 22, 2026

राप्रपा केन्द्रीय समिति आज पनि जारी, केन्द्रीय सदस्यलाई आज जवाफ दिइने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिईदैछ ।

अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्दिय सदस्यहरुले ३-३  मिनेटमा आपःनो धारणा राखेका थिए ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा पनि विदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुदाँ उल्लेख गरेर प्रतिवेदन पेश गरेका छन् ।

भ्रष्टाचारको विरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृतिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा हिजो केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राखेका थिए । जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुदाँहरु संसोधन गर्नुपर्ने केन्द्रिय सदस्यहरुको धारणा रहेको थियो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : ५६ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन