१० पुस २०८२, बिहिबार | December 25, 2025

राप्रपा केन्द्रीय समिति आज पनि जारी, केन्द्रीय सदस्यलाई आज जवाफ दिइने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिईदैछ ।

अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्दिय सदस्यहरुले ३-३  मिनेटमा आपःनो धारणा राखेका थिए ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा पनि विदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुदाँ उल्लेख गरेर प्रतिवेदन पेश गरेका छन् ।

भ्रष्टाचारको विरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृतिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा हिजो केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राखेका थिए । जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुदाँहरु संसोधन गर्नुपर्ने केन्द्रिय सदस्यहरुको धारणा रहेको थियो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : ५६ बजे

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान