७ पुस २०८२, सोमबार | December 22, 2025

शरणार्थी प्रकरण : प्रमाणबाट देखिएका वा देखिनसक्ने जोसुकै व्यक्तिलाई न्यायको कठघरामा ल्याउन नागरिक अगुवाहरुको माग



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पदमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसी लगायत मानव अधिकारकर्मी तथा नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गदैं खबरदारी गरेका हुन् ।

उनीहरुले एक वक्तब्य मार्फत सरकारले नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेपनि अन्य शंकास्पद व्यक्तिहरूमाछि छानबिन नगरिएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

शंकास्पद व्यक्तिहरूमाथि छानबिन नगरिएकोमा दण्डहीनता हाबी हुने देखिएको ले प्रकाशित बक्तब्यमा उल्लेख छ । अनुपराज शर्मा, केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, भोजराज पोखरेल, मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, त्रिरत्न मानन्धर सहितले संयुक्त वक्तब्य हस्ताक्षर गरेका छन् ।

‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हाबी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,’ संयुक्त वक्तव्यमा उल्लेख छ ।

उनीहरुले प्रमाणबाट देखिएका वा देखिनसक्ने जोसुकै व्यक्तिलाई न्यायको कठघरामा ल्याउनुपर्ने माग पनि गरेका छन् । ‘अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,’ बक्तब्यमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : ३४ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८