८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

शरणार्थी प्रकरण : प्रमाणबाट देखिएका वा देखिनसक्ने जोसुकै व्यक्तिलाई न्यायको कठघरामा ल्याउन नागरिक अगुवाहरुको माग



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पदमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसी लगायत मानव अधिकारकर्मी तथा नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गदैं खबरदारी गरेका हुन् ।

उनीहरुले एक वक्तब्य मार्फत सरकारले नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेपनि अन्य शंकास्पद व्यक्तिहरूमाछि छानबिन नगरिएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

शंकास्पद व्यक्तिहरूमाथि छानबिन नगरिएकोमा दण्डहीनता हाबी हुने देखिएको ले प्रकाशित बक्तब्यमा उल्लेख छ । अनुपराज शर्मा, केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, भोजराज पोखरेल, मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, त्रिरत्न मानन्धर सहितले संयुक्त वक्तब्य हस्ताक्षर गरेका छन् ।

‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हाबी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,’ संयुक्त वक्तव्यमा उल्लेख छ ।

उनीहरुले प्रमाणबाट देखिएका वा देखिनसक्ने जोसुकै व्यक्तिलाई न्यायको कठघरामा ल्याउनुपर्ने माग पनि गरेका छन् । ‘अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,’ बक्तब्यमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : ३४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी