८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा बयान सुरु, अहिले केशव दुलाल र सागर राईको बयान लिइँदै



काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु भएको छ । पक्राउ परेका प्रतिबादीहरुको शुक्रवारबाट बयान लिन शुरु भएको हो ।

उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपाने समक्ष बयान लिले क्रम सुरु भएको छ । अहिले आरोपी केशव दुलाल र सागर राईको बयान जारी छ ।

नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता गरिएका मध्यक्ष १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

नेकपा (एमाले) का सचिव (निलम्बित)टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको अभियोजन सहित मुद्दा दर्ता भएको छ ।

पक्राउ परेकाहरूलाई अदालतमा बयान गराइनेछ । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  २ : ०६ बजे

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण