२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026
सम्पूर्ण अपडेट

२०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य, ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने



काठमाडौं । नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने बताउनुभयो ।

बजेटमा ‘अतिथि देवो भव’ भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने र सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पु-याइने उल्लेख छ ।

त्यस्तै, मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ भने पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिनेसमेत बजेटमा उल्लेख छ ।

बजेटमा सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ, भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत बजेटमा उल्लेख छ ।

स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने बजेटमा छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : ०४ बजे

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शनाको अग्रता, कांग्रेसका प्रवल थापा दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर

काठमाडौं-९ मा पनि रास्वपाको अग्रता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र

काठमाडौं-३ मा राजुनाथ पाण्डेको अग्रता, कुलमान घिसिङ दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको

मोरङमा मतगणना सुरु भएका ३ क्षेत्रमा नै रास्वपाको अग्रता

काठमाडौं । मोरङका तीन वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती