७ पुस २०८२, सोमबार | December 22, 2025

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा खाँण, रिजाल र महर्जनको बयान जारी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको बयान लिने क्रममा जिल्ला अदालत, काठमाडौंमा आज पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ गर्दै उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित आज शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

सो प्रकरणमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ भने एक जना अदालतमा हाजीर हुन आइपुगेका छन् । १२ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ३० जना माथि राष्ट्रहित प्रतिकूल हुने कसूर, संगठित ठगी र कीर्तेमा मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये १५ जनाको बयान सकिएको छ भने ३ जनाको बयान आइतबार सम्ममा सकिने बताइएको छ ।

बयान सकिए लगत्तै थुनछेक बहस हुनेछ । थुनछेकको बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १ : १४ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको