८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : सुरुभयो थुनछेक बहस



काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा शुक्रबार अभियुक्तहरुको बयान सकिएसँगै आजबाट थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजबाट थुनछेक बहस सुरु भएको हो ।

जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले पहिलो बहस सुरु गरेका छन् । इजलासमा जाहेरीकर्ताको तर्फबाट बहसका लागि न्यायाधीश न्यौपानेले तीन दिनको समय प्रदान गरेका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तोकिएको छ । थुनछेक बहस सम्पन्न भए पश्चात अर्को साताको बुधबार आदेश सुनाउने न्यायाधीश न्यौपानेको तयारी छ । थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः आदेश आउनेछ ।

आजै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । आज नेकपा एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि अदालत उपस्थित गराइएको हो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप सहित चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा १० दिन अघि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : १८ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत