७ आश्विन २०८३, बुधबार | September 23, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने



काठमाडौं । आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षवाट बहस सुरु हुनेछ ।

हिजो मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् ।  सो बहसका लागि पुर्ब महान्याधिबक्ता देखि नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष र पुर्ब अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको सयम  अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस सुरु गर्न लागेको हुन । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।

गत आइतवार देखी जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुदाँ उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने  तर्क राख्दै आएका छन् ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिब टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन भने १२ जना अझै फरार रहेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ७ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज