७ पुस २०८२, सोमबार | December 22, 2025

तिलोत्तमाको योगीकुटीमा स्कार्पियो दुर्घटना : १ जनाको मृत्यु ५ घाइते



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक खण्ड अन्र्तगत शनिबार राती तिलोत्तमाको योगिकुटी शान्तिकुञ्जमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न ३ योगिकुटीको शान्तीकुञ्ज चोकस्थित विद्युतको पोलमा स्कार्पियो ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गाडी चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् । उनीहरु पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ५८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको