४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्राध्यापकलाई कालो मोसो दल्ने नेबिसंघका अध्यक्ष पक्राउ



बिराटनगर । नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार उनलाई बुधबार बिहान मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो ।

सेवा आयोगका अध्यक्ष प्रा.डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवास मै पुगेर कालोमोसो दलेका थिए । जसको सर्वत्र आलोचना भएको थियो । नेबिसंघ केन्द्रिय कार्यालयले उक्त घटनामा संलग्नहरु आफनो कार्यकर्ता नभएको भन्दै जिम्मेवारीवाट पन्छिएको थियो ।

तर, पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिए पछि प्रहरीले उनलाई ब्यापक खोजी गरेको थियो । मोरङ र सुनसरी दुवै प्रहरी टिमले उनको खोजी गरिरहेको बेला आज बिहान पक्राउ परेका हुन ।

सुनसरीका प्रहरी प्रमुख एसपी ढकालका अनुसार कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य जारी रहेको जनाउँदै सबैलाई पक्राउ गरिने जानकारी दिए ।

विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ३९ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका