१३ बैशाख २०८३, आइतबार | April 26, 2026

ओमानले नेपाललाई दियो जितका लागि २६८ रनको लक्ष्य



काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै २६७ रनको योगफल बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक १०६ बलमा १०९ रनको योगदान दिए भने सोयब खानले ६८ बलमा ३८ रन जोडे । साथै आयान खानले खानले ४६ बलमा ५६ रन, सन्दीप गोडीले ३१ बलमा १५ रन र नसिम खुसिले ९ बलमा १७ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । साथै सन्दीप लामिछानेले तीन, करण केसी र प्रतिश जिसीले १÷१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

विश्वकप छनोट अन्तर्गतको नेपालले पहिलो खेल आगामी असार ३ गते घरेलु टोली जिम्बाबेसँग खेलनेछ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ५ : २० बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र