६ श्रावण २०८३, बुधबार | July 22, 2026

भन्सारमा कडाई गरेपछि सुनौलीका ब्यापारी आन्दोलनमा, भन्छन्- ‘गरिवलाई भन्सार, भैरहवाका ब्यापारी मालामाल’



बुटवल । नेपाल भारत सीमानामा पारीको सुनौली बजारका ब्यापारीहरुले भैरहवाका ब्यवसायीहरुको गोदाममा करोडौंको भन्सार छलेको सामान स्टक रहेको आरोप लगाएका छन् । नेपाल भन्सारमा १ सय बढीको सामानमा कडाई गरेपछि आक्रोशित भएको तिनीहरुले सामान्य गरिव र श्रमिकहरुले सहुलियत दरमा सुनौलीबाट सामान किनेर लैजाने सुविधामा रोक लगाएर व्यापारीले गोदाममा करोडौंको सामान भण्डारण गरेको आरोप लगाए ।

भन्सार कडाई पछि सुनसान भएको सुनौलीका ब्यवासायीहरुले त्यस विषयमा पंचायत समेत बसालेका छन् । पंचायत बस्ने क्रममा मन्चमा बस्ने विषयमा सुरुमै विवादित भएका ब्यवसायीहरुले नेपालमा भन्सार लिएर नेपाल-भारत सम्बन्ध बिगार्न खोजिएको आरोप लगाए । सदियौं सालबाट सहज ब्यापार व्यवसाय भइरहेको सुनौली बोर्डरमा नेपाली प्रशासनले निहु खोजेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै उद्योग ब्यापार मण्डल सुनौलीका अध्यक्ष विजय रौनीयारले नेपाली प्रशासनले नेपाल भारतको सम्बन्ध बिगार्ने गरि भन्सार असुली गरेको बताए । उनले यस विषयमा आफुहरुले केन्द्र सरकारलाई पत्रकार गर्ने बताउँदै उनले गरिव र श्रमजीवीको सामान रोकेर ब्यापारीहरुले धन्दा जारी राखेको आरोप लगाए । उनले पूर्ववत अवस्थामा ब्यवसाय चल्न दिन नेपाल सरकारसँग संवाद गर्न पनि भारतीय अधिकारीहरुलाई आग्रह गरे ।

नेपाल सरकारको कदमलाई गलत रबैयाको संज्ञा दिंदै अध्यक्ष रौनियारले रोटीबेटीको सम्बन्धमा दरार आएको टिप्पणी पनि गरे । ‘नेपालको प्रशासन सुनौलीबाट सिधै आउने सामानले राजश्वमा असर परेको भ्रमीत कुरा गरेका छन्,’ उनले भने, ‘भैरहवाका ब्यपारी पदाधिकारीको गोदाममा छापा मार्ने हो भने करोडौंको अबैध सामान भेटिन्छ ।’

नेपाली भन्सारमा पूर्ववत निर्णयलाई कार्यान्वयन गर्दै अघिल्लो हप्ताबाट सबै भन्सारहरुबाट १ सय भन्दा बढी मालवस्तुमा भन्सार तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । नेपाल तर्फबा ब्यवसायीहरुले लामो समयदेखि नेपालदी बजारको प्रवर्द्धन गर्न भन्सारमा कडाई गर्नु पर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ५७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क