१६ माघ २०८२, शुक्रबार | January 30, 2026

लोक तथा दोहोरी गीत प्रतिष्ठान विभाजित, बमबहादुर कार्की नेतृत्वमा अर्को संस्था गठन



बुटवल । नेपालको लोक दोहोरी क्षेत्रमा क्रियाशिल संस्था लोक तथा दोहोरी गीत प्रतिष्ठान विभाजित भएको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल नामक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएसंगै प्रतिष्ठान औपचारिकरुपमा औपचारिक रुपमै विभाजन भएको हो ।

कार्कीको अध्यक्षतामा गठित नौ सदस्यीय तदर्थ कार्यसमिति सहित सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल नामक संस्था प्रशासनमा दर्ता भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले, खड्क बुरा र केशरी घर्ती छन् । सो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने बताइएको छ ।

परिषदका अध्यक्ष बमबहादुर कार्कीले परिषदले लोकदोहोरीका सबै विधालाई समेटेर दोहोरी गीत सहित नेपाली मौलिक संस्कृतिको अध्ययन अनुसन्धान गर्ने तथा यस क्षेत्रमा लागेकाहरुको हकहित संरक्षण गर्ने उद्देश्य लिएको बताए । बरकुरासँग कुरा गर्दै अध्यक्ष कार्कीले लोक दोहोरी प्रतिष्ठान विभाजित भएको नभई अनुसन्धान गर्ने एउटा बृहद संस्था गठन भएको बताए । प्रतिष्ठान सहित संगित कर्मी संघ लगायतका संस्थासंग आफ्नो कुनै प्रतिस्पर्धा र सरोकार नभएको उनले बताए । परिषदको बिधामा दोहोरी एउटा पाटो मात्र भएको पनि उनले बताए । ७७ जिल्ला, ७ वटै प्रदेश, विदेश र काठमाडौंमै शाखा स्थापना गर्ने तयारी गरिएको अध्यक्ष कार्कीले बताए ।

यसअघि प्रतिष्ठानको पूर्वमहासचिव समेत रहेका गायक विष्णु खत्रीले यसअघि संस्थामा नरहेको घोषणा गरेका थिए । उक्त घोषणासँगै उनले आफू नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

 

 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : १९ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य