५ पुस २०८२, शनिबार | December 20, 2025

आइसिसी एकदिवसीय विश्वकप छनोट : टस जितेर बलिङ गर्दै नेपाल, जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्ने



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार हुने वेस्टइन्डिज बिरुद्धको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । आजको खेलमा आयोजक जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्दैछन् । खेल सुरु हुनुअघि नै मैदानमा पुगेका घरेलु दर्शकले ‘गो नेपाल गो’ भन्दै पक्षधरता लिइरहेको क्रिकइन्फोले जनाएको छ ।

एक खेलमा जित र अर्कोमा हार बेहोरेको नेपालले पहिलो पटक वेस्टइन्डिजसँग खेल्दैछ । दुई पटकको विश्वविजेता उक्त टिमसँग नेपालको खेललाई अभिरुचिका साथ हेरिएको छ ।

नेपालले बिहीबारको खेलमा पनि मंगलबार अमेरिकाबिरुद्ध उतारेको टोली नै उतार्नेछ । पेसर सोमपाल कामीले आजको खेल पनि गुमाउनेछन् । उनको स्थानमा मंगलबार खेलेका ललित राजवंशीलाई निरन्तरता दिइने सम्भावना छ । बायाँहाते स्पिनर राजवंशीले मंगलबार राम्रो प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १२ : ४५ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र