२० माघ २०८२, मंगलबार | February 4, 2026

रुपन्देहीमा सृङ्खलाबद्ध बिष्फोट गराउने गिरोहका ३ जना पक्राउ



भैरहवा । सियारी गाउपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा बिष्फोटक पदार्थ राख्ने ३ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घिमीरेको घरान बिष्फोटक पदार्थ राखेको आरोपमा घिमिरेकै चालक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अध्यक्ष घिमिरेका चालक रुपन्देही कोटहीमाई गाउपालिका वडा नम्बर ४ बस्ने २४ बर्षिय सुरज थारु, सियारी गाउपालिका वडा नम्बर ४ धमसर बस्ने २७ बर्षिय अब्दुल हाकिम खाँन र कोटहीमाई गाउपालिका वडा नम्बर ३ बस्ने २२ बर्षिय सुरज लोहार रहेका छन । प्रहरीले भैरहवामा आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेकालार्इ सार्वजनिक गरेको हो ।

प्रहरीले दिएको विवरण अनुसार गत बैशाख १ गते सियारी गाउँपालिका वडा नम्बर ४ मा सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै फेला परेको विष्फोटक पदार्थलार्इ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । यस्तै असार १ गते बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का भैरव प्रसाद कलवारको शिवम् ईम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खाल बाहिर कुकर बम बिष्फोट गराईएको थियो ।

सोही दिन मायादेवी गाउँपालिका वडा नम्बर ८ सिटी हस्पिटलको पछाडी रहेको खाली जग्गामा विष्फोटक पदार्थ (प्रेसर कुकर बम) बिष्फोट भएको थियो । सबै घटनामा यिनै तीन जनाको संलग्नता देखिएको रुपन्देही प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले जानकारी दिए ।

उक्राउ परेकाहरुले संगठित रुपमा फिरौती रकम माग गर्न घटना घटाएको एसपी विश्वकर्माले दाबी गरे। उनले घटनामा अन्यको पनि संलग्नता रहेको उल्लेख गर्दै उनिहरुको खोजीमा प्रहरी परिचालन गरिएको बताए ।

प्रहरीले पक्राउ परेकाहरुबाट ५ थान मोबाइल र २ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनिहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले रुपन्देही प्रहरीको ठूलो सफलता प्राप्त गरेको बताए । संगठित रुपमा फिरौती माग्ने गिरोहलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको बताउँदै डीआईजी जोशीले रुपन्देहीमा अन्य जिल्लाबाट पनि प्रहरी ल्याएर सुरक्षा कडा बनाएको जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ११ : २९ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको