२० मंसिर २०८२, शनिबार | December 7, 2025

रुपन्देहीमा सृङ्खलाबद्ध बिष्फोट गराउने गिरोहका ३ जना पक्राउ



भैरहवा । सियारी गाउपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा बिष्फोटक पदार्थ राख्ने ३ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घिमीरेको घरान बिष्फोटक पदार्थ राखेको आरोपमा घिमिरेकै चालक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अध्यक्ष घिमिरेका चालक रुपन्देही कोटहीमाई गाउपालिका वडा नम्बर ४ बस्ने २४ बर्षिय सुरज थारु, सियारी गाउपालिका वडा नम्बर ४ धमसर बस्ने २७ बर्षिय अब्दुल हाकिम खाँन र कोटहीमाई गाउपालिका वडा नम्बर ३ बस्ने २२ बर्षिय सुरज लोहार रहेका छन । प्रहरीले भैरहवामा आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेकालार्इ सार्वजनिक गरेको हो ।

प्रहरीले दिएको विवरण अनुसार गत बैशाख १ गते सियारी गाउँपालिका वडा नम्बर ४ मा सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै फेला परेको विष्फोटक पदार्थलार्इ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । यस्तै असार १ गते बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का भैरव प्रसाद कलवारको शिवम् ईम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खाल बाहिर कुकर बम बिष्फोट गराईएको थियो ।

सोही दिन मायादेवी गाउँपालिका वडा नम्बर ८ सिटी हस्पिटलको पछाडी रहेको खाली जग्गामा विष्फोटक पदार्थ (प्रेसर कुकर बम) बिष्फोट भएको थियो । सबै घटनामा यिनै तीन जनाको संलग्नता देखिएको रुपन्देही प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले जानकारी दिए ।

उक्राउ परेकाहरुले संगठित रुपमा फिरौती रकम माग गर्न घटना घटाएको एसपी विश्वकर्माले दाबी गरे। उनले घटनामा अन्यको पनि संलग्नता रहेको उल्लेख गर्दै उनिहरुको खोजीमा प्रहरी परिचालन गरिएको बताए ।

प्रहरीले पक्राउ परेकाहरुबाट ५ थान मोबाइल र २ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनिहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले रुपन्देही प्रहरीको ठूलो सफलता प्राप्त गरेको बताए । संगठित रुपमा फिरौती माग्ने गिरोहलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको बताउँदै डीआईजी जोशीले रुपन्देहीमा अन्य जिल्लाबाट पनि प्रहरी ल्याएर सुरक्षा कडा बनाएको जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ११ : २९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल