२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कान्ति माविले मनायो २० औं धान दिवस



बुटवल । बुटवल ४ स्थित कान्ति माविले बुटवलको १६ नरेश्वर टोलमा विद्यालयका विद्यार्थीहरुको सहभागितामा २० औं धान दिवस मनाएको छ ।

विद्यालयले पठनपाठनका अतिरिक्त शिक्षालाई सिपसंग जोड्दै व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको विद्यालयका सह प्रधानाध्यापक पूर्ण भ्रद उपाध्यायले बताए ।

कार्यक्रम विद्यालय सह प्राध्यानाध्यापक पूर्ण भ्रद उपाध्यायको अध्यक्षता, बुटवल उपमहानगर पालिका वडा नं १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा , लुम्बिनी प्रदेश कृषि मन्त्रालयका अधिकृत खगराज पौडेल, स्थानीय समाजसेवी चूडामणि पौडेल, नरेश्वर टोल विकास संस्थाका उपाध्यक्ष कोशि सापकोटा, उज्वल यूवा क्लवका सचिव पंकज शर्माको आतिथ्यतामा र विद्यालयका विद्यार्थी तथा स्थानीय बासीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिकाउन र कृषिलाई व्यवसायीकरण गराउने शिक्षा विद्यालय तहबाट गराउनु पर्ने कुरा कृषि अधिकृत पौडेलले बताए भने वडा न १६ का वडा अध्यक्षले विद्यालयलाई जून सुकै सहयोग कृषिको क्षेत्रमा गर्ने कुरा बताए । व्यवाहारिक सिप र ज्ञानले  विद्यार्थीको पठनपाठन मा प्रत्क्षय प्रभाव पुग्ने हुदा यस्ता कृयाकलापमा विद्यालय अगाडि रहेको अध्यक्ष  पौडेलले बताए ।

कार्यक्रममा विद्यालयका कक्षा ६ का संयोजक नारायण सुवेदीको स्वागत मन्तव्य र अतिरिक्त कृयाकलाप विभाग प्रमुख महेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयले प्रत्येक शुक्रबार सह तथा अतिरिक्त कृयाकलापलाई प्रथामिकता साथ सञ्चालन गर्दै आएको छ । संसगै विद्यालयमा तहगत रुपमा चित्रकला प्रतियोगिता पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : १२ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर