२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नेपाललाई युएईको मध्यम लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले ४६.४ ओभरमा १० विकेट गुमाउँदै १८१ रन बनाएको छ ।

युएईका लागि कुनै पनि खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । ओपनर आसिफ खान शून्य रनमै आउट हुँदा अर्का ओपनर आर्यन शर्माले २८ रन जोडे ।

वृत्य अरविन्दले ४४ रन, रमीज शहजादले १० रन, रोहन मुस्तफाले ३५ रन, बासिल हमिदले २९ रन, अली नसीरले ४ रन, संचित शर्माले १२ रन, पलानियापन मयप्पनले ५ रन र मुहम्मद जवाद उल्लाहले १ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने र करन केसीले तीन-तीन विकेट लिए भने प्रतिश जी.सी, गुलसन झा र दिपेन्द्र सिंह ऐरीको नाममम एक-एक विकेट रह्यो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ३७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको