९ श्रावण २०८३, शनिबार | July 25, 2026

लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन



बुटवल । सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रमुख प्रतिपिक्षी दल नेकपा (एमाले)लगायत सत्ता पक्षकै केही सदस्यको असन्तुष्टि र विपक्षीको विरोधका कारण आजसम्म पनि बजेटमाथि छलफल हुन नसकेको हो । आजको प्रदेशसभामा पनि प्रमुख विपक्षी दल एमालेका सदस्यहरूको विरोधका कारण बजेटमाथि छलफल अगाडि बढ्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो । बैठकको सुरुआतमै एमालेका प्रदेशसभा सदस्यहरूले नाराबाजी सुरु गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलले बजेट संशोधनका बारेमा सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । विपक्षी दलका प्रदेश सदस्यहरूले उभिएर विरोध जनाएका थिए । विरोधका बीचमा अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरे । तर मन्त्री मास्की बोल्दै गर्दा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले वेल घेराउ गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण आजको प्रदेशसभा बैठक स्थगित गरी सभामुख तुलाराम घर्तीले अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

एमालेले बजेटमा भएका गलत विषय सच्याउने लिखित माग गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए । क्रमागत योजनालाई निरन्तरता, खारेज भएका सात निर्देशनालय यथावत् राख्ने, मुख्यमन्त्री कार्यालयमा विनाशीर्षक राखिएको रु दुई अर्ब रकम सबै निर्वाचन क्षेत्रमा रु ५० लाखका दरले विनियोजन गर्नुपर्ने बजेट आउनुपर्ने एमालेको मुख्य माग रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ३० बजे

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या