११ श्रावण २०८३, सोमबार | July 27, 2026

आजको मौसम : आठवटा जिल्लामा अति भारी वर्षा, १ बजेसम्म यात्रा गर्दा सतर्क हुन आग्रह



काठमाडौं । देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा गएराति देखि नै वर्षा भइरहेको छ । तराईका केही भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आठवटा जिल्लामा अति भारी वर्षा, १ बजेसम्म यात्रा गर्दा सतर्क हुन आग्रह

यसैबीच, काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौंमा आज दिनभर मौसमा बदली हुने मौसमविद् गोविन्द झा बताउँछन् । बिहानैदेखि पानी परिरहेको काठमाडौंमा दिउँसो केहीसमय वर्षा रोकिए पनि पुनः पानी पर्ने र रोकिने क्रम दिनभर चलिरहने उनको भनाइ छ । आज राति र भोलि बिहान पनि काठमाडौंमा वर्षा हुने उनले जानकारी दिए । यद्यपि, भारी वर्षाको भने सम्भावना नरहेको उनी बताउँछन् ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने जनाएको छ । त्यसैले भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

यसैबीच, गएराति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । उक्त स्थान भई बहने स-साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : १५ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज