११ श्रावण २०८३, सोमबार | July 27, 2026

असारे झरीले किसानलाई राहत



महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ ।

मटिहानीका अजिज राइनले भने, “पानीले बल्ल माटो गलाएको छ ।” पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उनको भनाइ छ । ब्याडमै सुक्दै गएको बीउ अब यो पानीले जाग्ने र एक-दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउँछन ।

भङ्गाहा–४ का ७० वर्षीय जब्बार शेष भने, “अपुग हुने बीउ राखिहाल्दा हुन्छ, पानीले साथ दिइराख्यो भने १५ दिनमा रोप्न मिल्छ ।” साउन मध्यअघि बीउ रोपे धान उत्पादन राम्रै हुने उनले बताए ।

अधिकांश जग्गा आकाशे पानीकै भरमा गरिनुपर्दा यसपालि किसानले दुईतिहाइ भागमा धान रोपाइँ गर्न पाएका छैनन् । पानी नपर्दा धानको बीउ ब्याडमै सुक्दै गएको थियो । अब भने यसअघि राखिएको बीउ पानीले फेरिने र रोपाइँ थाल्न पाइने किसान बताउँछन् ।

ढिलो पानी परेको हुँदा बीउ अपुग हुनसक्ने कुरामा अहिले नै अड्कल गरेर काम गरिँदा अबका २० दिनमा धानको शाही रोप ९बीउरोप० सकिने र भदौ पहिलो सातासम्म खरुअन ९रोपिएको बीउरोपको धान गाँजिएपछि त्यो उखेलेर दोस्रोपटक रोपिने० रोप्न मिल्ने अवस्था छ ।

जिल्लामा कुल खेतीयोग्य जग्गा ७१ हजार हेक्टरमध्ये करिब ५० हजार हेक्टर धानखेती गर्न सकिन्छ । यसमध्ये १० प्रतिशतमात्र सिञ्चित ९कुलो, नहर लाग्ने० हुँदा बाँकीमा आकाशे पानीकै भर पर्नुपर्छ । धानखेतीका लागि जेठ मध्यसम्म बीउ राखिसक्ने ९बीउ ब्याडमा राख्ने, छर्ने० असार मध्यभित्र बीउ रोप सक्ने र साउन मध्यअघि खरुअन रोपिसकिनुपर्ने किसानको परम्परागत तालिका छ । यसपालि पानी नपर्दा यो तालिका खजमजिएपछि धान रोपाइँमा ढिलाइ हुँदै गएको हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ११ : ३५ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न