१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमालेको अवरोधपछि संसद बैठक स्थगित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

बैठकको सुरुमै विपक्षी सांसद्हरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद् रघुजी पन्तलाई समय दिएका थिए । सांसद पन्तले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विषयमा सदनको ध्यानकर्षण गराए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसम्बन्धी विषय स्पष्ट नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए ।

त्यसपछि सभामुख घिमिरेले बैठक अघि बढाउन सत्तापक्षका सांसदलाई समय दिएपछि विपक्षी सांसद् उठेर ‘वेल’ घेराउ गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको छ । सो विषयमा राष्ट्रियसभाको आजको पहिलो बैठक पनि स्थगित भएको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ४ : ५९ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै