८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

माओवादी शिर्ष नेताहरू भारत भ्रमण जाँदै, भाजपा मुख्यालयमा ‘रेड कार्पेट’



नयाँदिल्ली । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् । सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन ।

भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन् ।

भाजपा विदेश विभागद्वारा आयोजित ‘Know BJP initiatives’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधिबारे जानकारी गराउने गरेको छ । नड्डाले भनेका छन, विभिन्न देशका राजनीतिक पार्टीहरूसंग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहां भारतमा बोलाउने गरेका छौं र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन् ।

नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नड्डाको निमंत्रणमा गत वर्ष भारतको भ्रमण गरेका थिए ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : २९ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि