७ चैत्र २०८२, शनिबार | March 21, 2026

११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रू २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा रू २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल रू ५२ खर्ब ५३ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो ।
यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्याङ्क हो । गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले रू ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो ।
गत जेठ मसान्तसम्ममा रिभर्स रिपोमार्फत रू पाँच अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकबाट रू छ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । यो अवधिसम्ममा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी रू ५ खर्ब ६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको जनाइएको छ ।
राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जाबाट गत जेठ मसान्तसम्ममा रु १ अर्ब ९६ करोड लगानी गरेको छ । जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब १० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २ सय ३५ ऋणीलाई प्रवाह भएको रू १ खर्ब ३९ अर्ब ६८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४ सय ५५ महिला उद्यमीलाई प्रवाह भएको रू ६० अर्ब ४६ करोड कर्जा बक्यौता छ ।
 सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८ सय २० ऋणीको रू २ अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा गत जेठ मसान्तमा रू ७२ करोड ५४ लाख बराबर बक्यौता रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  २ : ५२ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका