९ असार २०८३, मंगलबार | June 24, 2026

पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा रू एक सय २४ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत रू एक सय १३ खर्ब ३२ अर्ब ४५ करोड गरी कूल रू एक सय २४ खर्ब ४४ अर्ब ३० करोड तरलता प्रशोचन गरिएको छ । यो कारोबारमा आधारित तरलता प्रशोचन हो ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायत उपकरणहरूमार्फत खुद रू तीन सय ८६ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमा वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुई अर्ब २३ करोड खरिद गरी रू दुई खर्ब ९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको छ ।

त्यस्तै यो अवधिमा अमेरिकी डलर एक अर्ब ६४ करोड बिक्री गरी रू दुई खर्ब २१ अर्ब एक करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूको रू छ खर्ब आठ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक)को रू ७८ अर्ब ८१ करोड गरी कूल रू छ खर्ब ८७ अर्ब ३६ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

बैंक वित्तीय संस्थाहरूको निक्षेप परिचालन र कर्जा प्रवाह भने सुस्त देखिएको छ । पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू एक खर्ब ७२ अर्ब ३२ करोड अर्थात् दुई दशमलव सात प्रतिशतले बढेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रू एक खर्ब ७८ अर्ब २९ करोड अर्थात् साढे तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू एक खर्ब १० अर्ब १ करोडले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा भने मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौ प्रतिशत रहेको छ । गत आवको वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौ ९ प्रतिशत रहेको थियो ।

यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीन दशमलव छ । विकास बैंकहरूको दुई दशमलव सात र वित्त कम्पनीहरूको कर्जा प्रवाह चार दशमलव तीन प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को सुरक्षणमा १३ दशमलव पाँच प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ दशमलव एक प्रतिशत रहेको छ ।

पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव चार, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ ।

त्यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन दशमलव छ । सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच र उपभोग्य क्षेत्रतर्फको कर्जा तीन दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने शून्य दशमलव सात प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ४३ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३