९ असार २०८३, मंगलबार | June 24, 2026

अधिक तरलता : राष्ट्र बैंकले आज फेरि ४० अर्ब उठाउँदै



काठमाडौं। केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो । आज माघ २० गते उक्त २१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत पुस २८ गते लिएको ४० अर्ब आजै परिपक्क भएपछि थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी, ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी मिति फागुन ११ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले माघ १५ गते ३० अर्बको निक्षेप संकलन उपकरण जारी थियो । जसमा १२ बैंकहरुले २५ आवेदन मार्फत १५ अर्ब ५० करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २।९९ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ १५ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ४४ पटकमा १६ खर्ब ९३ अर्ब २० करोड रुपैयाँ उठाएको छ । यसमध्ये २ खर्ब ६ अर्ब ५५ करोड रुपैयाँ फिर्ता हुन बाँकी छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ११ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३