२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कांग्रेस संसदीय दलमा आवश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुन्छ : महामन्त्री थापा



बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलमा आवश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको नेतृत्व परिवर्तनका लागि आफु उपयुक्त समय कुरिरहेको बताए ।

उनले वर्तमान रकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने बताए  । उनले नेपाली कांग्रेसको नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुका बीचमा गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने तथा नयाँ तरिकाले अघि बढने बारेमा निर्णय लिने पनि बताए ।

कोशी सरकार निर्माणको बिषयमा भएको बिबादका बारेमा तत्कालै कुनै प्रतिक्रिया नदिएका महामन्त्री थापाले सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार जनाए ।

केन्द्रीय समितिको बैठक स्थगित भएको र सो बैठक सुरु हुने बितिक्कै पार्टीको भावी कार्यदिशा र कार्ययोजनाका बारेमा थप गहन छलफल हुने उनको भनाई छ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  २ : ५७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ