५ चैत्र २०८२, बिहिबार | March 19, 2026

देउवाको केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव पारदर्शिता कि कडा आलोचना मत्थर पार्ने दाउ ?



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेपछि त्यसबारे चर्चा सुरु भएको छ ।

देउवा निवास धुम्बाराहीमा सोमबार अपराह्न बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले एकाएक केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेपछि कांग्रेस भित्र त्यसको सकारात्मक र नकारात्मक कोणमा चर्चा हुन थालेको हो ।

देउवाको पक्षमा अधिकांस पदाधिकारी देखिएकाले मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकको लाइभ हुने सम्भावना रहेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले बताए ।

देउवाले बैठक नसकिंदै बैठकका सबै कुरा बाहिर गइसक्ने परम्परा जस्तै भएको भन्दै पार्टीको आधिकारीक फेसबुक पेज र टेलिभिजनहरुलाई लाइभ गर्न दिन प्रस्ताव गरेको यादवले बताए । विगतमा पार्टी बैठकमा उठेका कुरा हुबहु मिडियामा आउने गरेको भन्दै बैठकका कुरा बाहिर नलैजान देउवाले आग्रह गर्दै आएका थिए । तर, बैठकमा उठेका विषय मिडियामा आउन नरोकिएपछि देउवाले केन्द्रीय समिति बैठकको लाइभ गर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।

देउवा इतरका केही नेताहरुले भने लाईभ गरेपछि नेताहरूले मनदेखि खुलेर बोल्न सक्दैनन भन्ने रणनीतिका आधारमा देउवाले लाईभको प्रस्ताव गरेको अथ्र्याएका छन् । अराजक ढंगले देउवाको आलोचना हुन सक्ने अनुमानका आधारमा लाईभको प्रस्ताव आएको देउवा ईतर एक कांग्रेस नेताले बताए ।

एकदिन अघि मात्र संसदीय दलमा बहुमत पुगेकै दिन संसदीयदलको नेता परिवर्तन हुने भन्दै कांग्रेस महामन्त्री गगन थापाले देउवालाई चुनौती दिएका थिए । कडा आलोचनालाई मत्थर पार्नकै लागि देउवाले लाईभको प्रस्ताव गरेको ती नेताले ठोकुवा गरे ।

देउवाको प्रस्तावमा देउवा निकट बहुमत पदाधिकारी र पूर्व पदाधिकारी सहमत रहेकाले भोलिको बैठक लाईभ हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : १९ बजे

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला