५ बैशाख २०८३, शनिबार | April 19, 2026

अख्तियार बुटवलका वामदेव सहित नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा



बुटवल । नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

उनका अनुसार विशेष बढुवामा परेकामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी नायब निरीक्षक तिलराम बोहरा सार्की वरिष्ठ नायब निरीक्षक भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय दरबन्दी भएका प्रहरी सहायक निरीक्षक अर्जुन सेठ्ठी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका वामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ ।

यसैगरी प्रहरी सहायक हवलदारबाट हवलदार पदमा बढुवा हुनेहरूमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, केन्द्रीय अनुसन्धान ब्यूरोका लक्ष्मण सापकोटा, लागुऔषध नियन्त्रण ब्यूरोका भुदरमणि जोशी, वडा प्रहरी कार्यालय विर्ता पर्साका गनकुमार खण्डमुल, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अङ्गरक्षक गणका उपेन्द्र चौधरी रहेका छन् ।

त्यस्तै विषेश ब्यूरोमा कार्यरत प्रहरी हवलदार सविर अलि अन्सारी वरिष्ठ प्रहरी हवल्दारमा र प्रहरी प्रधान कार्यालय कार्य विभाग मर्यादा पालक एकाइ नक्सालका प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवलदारमा बढुवा भएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : ५७ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको