४ पुस २०८२, शुक्रबार | December 20, 2025

इलामको महाभीर चटान बन्यो पूर्वको पहिलो आरोहण रुट



इलाम । इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चटानमा आरोहणको रुट तयार भएको छ ।

विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा यो रुट तयार भएको हो । सो रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसकेकी छिन् । रुट बनाउनका लागि यसअघि उनी इलाम पुगेकी थिइन् ।

रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो । नरबहादुरको साथमा सहयोगीहरु सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका थिए । रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको थियो । इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट रुट बनाएको थियो ।

विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभावना दूत कल्पना महर्जनले महाभीरमा रहेको चटानमा ७ वटा विभिन्न ग्रेडको रुट बनाएको बताइन् । नेपालको पूर्वी क्षेत्रमा बनाइएको यो पहिलो माउण्टेन रुट रहेको बताइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको