१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भीम रावलले देखाए एमालेमा सांगठानिक सक्रियता



काठमाडौं । लामो समयदेखि पार्टी गतिबिधिमा निश्क्रिय जस्तै बसेका नेकपा एमालेका नेता भीम रावलले पुनः पार्टीमा सक्रियता देखाएका छन् ।

गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।

चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा सञ्चार माध्यममा टिप्पणी गरेपनि पार्टी गतिबिधिवाट टाढा रहदैँ आएका थिए । केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिएका छैनन् । मिसन ग्रास रुटका क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल र रावलले छुट्टाछुट्टै भेला बोलाएपछि उनीसँग छलफल गर्न टोली गठनसमेत गरिएको थियो ।

लामो समय देखी पार्टी गतिबिधिमा असंलग्न रहदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरेका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ११ : ०९ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको