८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

कांग्रेस केन्द्रीय समिति बैठक : एक वर्षमा सात लाख सदस्य बनाउने प्रस्ताव

साउन १ देखि नै ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान थालिने, ७० वटा विभाग बनाइने



काठमाडौं । नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका छन् ।

१ साउन २०८० देखि ३१ असार २०८१ सम्म एकवर्षे उक्त अभिभानले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्न सकिने भन्दै उनले यस अभियान कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ गरिने जानकारी दिए ।

बैठकमा महामन्त्री थापाले २२ नयाँ विभाग थप गर्ने प्रस्ताव पनि गरेका छन् । उक्त प्रस्ताव पारित भएमा कांग्रेसमा ७० वटा विभाग हुनेछ ।

बैठकमा महामन्त्री थापाले गरेको नयाँ प्रस्तावित विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभागलगायत रहेका छन् ।

त्यसैगरि महामन्त्री थापाले आउँदो १५ भदौभित्र कार्यकाल सकिएका भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको कार्यकाल सकिएको छ । उक्त संस्थाको १५ भदौभित्र समिति भदौ १५ भित्र बनाउने महामन्त्री थापाले प्रस्ताव गरेका हुन् ।

यसैगरी उननले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी १५ भदौभित्र पूर्णता दिने पनि प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : २८ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत