२० बैशाख २०८३, आइतबार | May 3, 2026

कांग्रेसमा अझैँ महिला नेतृत्व स्वीकारिएको छैन : कांग्रेस केन्द्रीय सदस्य नागिना यादव



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नागिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने अभ्यास अझै कायम रहेको बताएकी छन्।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै नेता यादवले सत्य युगमा महिलाको शासन रहेको सुनेर पूजा गर्ने समाजमा कलियुग आइपुग्दासमेत महिलाको नेतृत्व भने स्वीकार्य नहुनु अनौठो कुरा भएको बताइन्।

‘पार्टीभित्र क्षमता र प्रतिस्पर्धा गर्न सक्ने सक्षम महिलाहरू धेरै छन्। तर उनको नेतृत्व पार्टीले स्वीकारेको छैन। जबकि सत्य युगमा अर्थमन्त्री लक्ष्मी हुनुहुन्थ्यो, शिक्षामन्त्री सरस्वती हुनुहुन्थ्यो, रक्षामन्त्री दुर्गा हुनुहुन्थ्यो, त्यो सत्ता हाम्रो लागि अहिले पनि पूजनीय छ,’ उनले अघि भनिन्, ‘अहिले कलियुगमा भने महिलाको नेतृत्व स्वीकार्न तयार भएको अवस्था छैन। पार्टीमा गाउँदेखि केन्द्रसम्म महिलाको नेतृत्व स्वीकारिएको छैन।’

उनले महिलालाई पार्टीको मूलधारमा ल्याएर नेतृत्वमा नपुर्‍याए पार्टी झन् कमजोर बन्न सक्ने बताइन्।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : ०६ बजे

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ

आजको मौसम : केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका