४ पुस २०८२, शुक्रबार | December 20, 2025

खानेपानी उपभोक्ता समितिमा बागी उठेको भन्दै बाँके कांग्रेसबाट दुई कार्यकर्ता निष्काशन



नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेले कोहलपुरको एउटा खानेपानी उपभोक्ता संस्थामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्यानलसहित उम्मेदवारी दिएका विष्णुप्रसाद तिवारीलाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसका क्रियाशील सदस्य एवम् कोहलपुर नगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष रहेका तिवारीलाई बाँके कांग्रेसले पार्टीबाट निष्काशन गरेको हो ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ का क्रियाशील सदस्य हरिप्रसाद अधिकारीले अन्य समूहका उम्मेदवारहरुको प्रस्तावक र समर्थक भई पार्टीलाई क्षती हुने कार्य गरेको भन्दै अधिकारीलाई पनि पार्टीबाट निष्काशन गरिएको छ ।

अनुशासन समिति संयोजक टंकप्रसाद काफ्ले (आशिष) ले तिवारी र अधिकारीलाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम ५ बर्षका लागि पार्टीबाट निष्कासन गरिएको बताए ।

काफ्लेले कार्यकर्ताहरुलाई उनीहरुको प्रचारप्रसार नगर्न निर्देशन दिँदै त्यसो गरेको पाइएमा स्पष्टीकरण सोध्नुका साथै कारबाही गरिने चेतावनी दिएका छन् । कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन साउन १२ गते हुँदैछ । उक्त निर्वाचनमा नेपाल कांग्रेसबाट टेकनारायण भुषालको प्यानल प्रतिष्पर्धामा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको