८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

सिद्धबाबा नजिकै हेडबक्समा पहिरो जाँदा बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

“पहिरो आज बिहान ५ बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ”- थापाले भने

पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए । माथिबाट ठुलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।

तस्वीर : तोया लम्साल

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : २४ बजे

मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र

कुनै सहमति नगरी सकियो कार्यदल बैठक

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना