१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भुटानी शरणार्थी प्रकरण : थुना मुक्तको माग गर्दै खाँण, रायमाझी सहितका नेताहरुले गुहारे उच्च अदालत



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरानसतमा रहेका नेताहरुले आफुलाई थाुना मुक्त गर्न उच्च अदालत गुहारेका छन् । उनीहरुले आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै साधारण तारेखका छाड्न माग गर्दै उच्च अदालत पाटन पुगेका हुन् ।

जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने उनीहरुको माग छ । उच्च अदालत जाने नेताहरुमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत रहेका छन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् । उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । उच्च अदालतले उनीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नाको कारण के हो भनी काठमाडौँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको हो ।

यसअघि नै निवेदन दिएकाहरुको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  २ : १३ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा